कप्तान अरुणा र रवि सर्वोत्कृष्ट खेलाडी

पाेखरा | फागुन ३, २०७९

कप्तान अरुणा र रवि सर्वोत्कृष्ट खेलाडी

पोखरा:   राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही र पुरुष यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 


गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दीका कप्तान अरुणा र बागलुङका कप्तान रवि सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले नगद १५ हजार पुरस्कार प्राप्त गरे । 


महिलातर्फ विधागतमा उत्कृष्ट सर्भर सोइङ थापा (स्याङ्जा), स्पाइकर रिमा कुँवर (पर्वत), ब्लकर तिलिजा पुन (म्याग्दी), लिब्रो जायरा निसा (स्याङ्जा), सेटर रविना घर्तिमगर (म्याग्दी) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ म्याग्दीका मलिन रोका घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे । 


पुरुषतर्फ विधागतमा उत्कृष्ट सर्भर घनश्याम चौधरी (नवलपुर), सेटर मिन सुनार (बागलुङ), ब्लकर हिमाल सुनारी (नवलपुर), लिब्रो सौगात जिसी (पर्वत), स्पाइकर विष्णु क्षेत्री (पर्वत) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ बागलुङका कृष्ण शेरचन घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे । 


स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेश मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ जिल्ला भलिबल संघ म्याग्दी र पुरुषतर्फ बागलुङले उपाधि जितेका थिए । 


 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्